आगामी आर्थिक वर्षको बजेट भोलि


काठमाडौं, जेठ १४ । आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्न सङ्घीय संसद्को संयुक्त बैठक भोली जेठ १५ गते शुक्रबार अपराह्न ४ बजे बस्ने भएको छ । प्रतिनिधि सभाको बुधबारको बैठकमा सभामुख डोलप्रसाद अर्यालले जेठ १५ गते ४ बजे बस्ने संयुक्त बैठकका लागि ३ः४५ बजे नै प्रतिनिधि सभा र राष्ट्रिय सभाका सांसदलाई उपस्थित भइसक्न सूचित गरेका छन् ।

नेपालको संविधान जारी भएपछि संविधानमै व्यवस्था गरेर प्रत्येक वर्ष जेठ १५ गते दुवै सदनको संयुक्त बैठकमा बजेट प्रस्तुत गर्ने मिति तोकिएको छ । गणतन्त्र दिवसको अवसर पारेर जेठ १५ गते बजेट प्रस्तुत गर्ने व्यवस्था गरिएको हो