बैठक नै नभएको दिन हर्कले मागे बिदा, आशिकाले दिइन् जवाफ!


संसद् बैठक नै नबसेको दिन श्रम संस्कृति पार्टीका संसदीय दलका नेता हर्क साम्पाङले बिदा मागेपछि रास्वपा सांसद आशिका तामाङले ट्रोल गरेकी छन् ।

सामाजिक सञ्जाल फेसबुकमा सभामुखलाई सम्बोधन गर्दै साम्पाङले आफू आजका लागि छुट्टि मागेका थिए । उनले फेसबुकमा लेखेका छन् ‘सभामुख ज्यु, तपाइँको धर्म संकटलाई बुझ्दै आज म आउँदैन ल ??? एक दिन भए पनि रिल्याक्स होस् भनेर म आज छुट्टीमा बसें ! भोलि आउँछु ! गुड डे !’

त्यसमा रास्वपा सांसद् तामाङले आज सदन नै नरहेको भन्दै भोलि साढे ३ बजे मात्रै सभा रहेको बताएकी छिन् । बुधबार सभामुखसँग कुरा नमिलेपछि साम्पाङले सभा बहिस्कार गरेर निस्किएका थिए । जसले गर्दा उनले आज कुनै पनि बैठक नरहेको जानकारी नपाएको हुन सक्ने बताइएको छ ।