आइपिएल : दोस्रो क्वालिफायरमा आज गुजरात र राजस्थान भिड्दै


काठमाडौं, जेठ १५ । जारी आइपिएलको दोस्रो क्वालिफायरमा आज गुजरात टाइटन्स र राजस्थान रोयल्सबीच प्रतिस्पर्धा हुँदै छ । मुल्लानपुरस्थित महाराजा यादविन्द्र सिंह अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुने यो खेल आज साँझ ७ः४५ बजेदेखि शुरु हुदैछ । दोस्रो क्वालिफायरको विजेता टोली फाइनलमा प्रवेश गर्नेछ भने पराजित हुने टिमको यस सिजनको आइपिएल यात्रा समाप्त हुने छ ।

गुजरात पहिलो क्वालिफायरमा साविक विजेता रोयल च्यालेन्जर्स बेङ्गलुरुसँग ९२ रनले पराजित हुँदै दोस्रो क्वालिफायर खेल्न लागेको हो । उता राजस्थानले इलिमिनेटरमा सनराइजर्स हैदराबादलाई ४७ रनले हराउँदै दोस्रो क्वालिफायरमा पुगेको हो ।