‘गणतान्त्रिक पद्धतिलाई स्थापित गर्नुपर्छ’


कर्णाली, १५ जेठ । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले राज्य संयन्त्रमा भएका परिवर्तनलाई सबै जनताले अनुभूत गर्नसक्ने हुनपर्ने आवश्यकता औंल्याएका छन् ।

गणतन्त्र दिवसका अवसरमा आज एक सन्देश जारी गर्दै उनले नेपाली जनता सार्वभौम बनेको राजनीतिक इतिहासको महत्वपूर्ण र अविस्मरणीय घटनाकारुपमा यस दिनलाई लिनुपर्ने बताए ।

मुख्यमन्त्री कँडेलले सन्देशमा भनेका छन्, “संविधान र कानुनमा उल्लेखित अधिकारको प्रयोग गर्न सक्नेगरी जनता सक्षम नहुँदासम्म गणतन्त्रले सार्थक रुप लिन सक्दैन । जनतालाई केन्द्र विन्दुमा राखेर गरिने अभ्यासले मात्र गणतन्त्रलाई थप सुदृढ र परिपक्व बनाउँछ ।”