काठमाडौँ । ट्राफिक प्रहरीको अनलाइन ट्राफिक नियम उल्लङ्घन जरिवाना भुक्तानी प्रणाली अवरुद्ध हुने भएको छ ।
शुक्रबार साढे ३ बजेदेखि न्यूनतम चार घण्टादेखि १४ घण्टासम्म अवरुद्ध हुनसक्ने उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको हो ।
महालेखा नियन्त्रक कार्यालयले सञ्चालन गरेको रेभेन्यु मेनेजमेन्ट इन्फर्मेशन सिस्टममा प्राविधिक सम्भार भइरहेको हुनाले ट्राफिक नियम उल्लङ्घन जरिवाना भुक्तानी प्रणालीमा समस्या आएको ट्राफिक प्रहरीले जनाएको छ । सो अवधिभर अनलाइन माध्यमबाट जरिवाना तिर्न नसकिने बताइएको छ।



प्रतिक्रिया