ऐतिहासिक विरासत स्मरण गर्दै अर्थमन्त्री वाग्लेद्वारा बजेट भाषण सुरु


काठमाडौँ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले मुलुकको पहिलो बजेट प्रस्तुत गर्ने जननायक सुवर्णशमशेर राणाको स्मरण गर्दै आर्थिक वर्ष २०८३–८४ को बजेट वक्तव्य सुरु गरेका छन् ।

संघीय संसद्को संयुक्त बैठकमा बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. वाग्लेले आधुनिक नेपालको आर्थिक जग बसाल्न सुवर्णशमशेरको ऐतिहासिक योगदान रहेको उल्लेख गरे ।