आयकरको सीमा बढ्यो, कति पुग्यो ?


काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आयकर छुटको सीमा बढेको बताएका छन् ।

शुक्रबार सङ्घीय संसद्को संयुक्त बैठकमा आर्थिक वर्ष २०८३/८४ को बजेट वक्तव्यमार्फत अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले यस्तो घोषणा गरेका हुन् ।

यस अनुसार न्यूनतम एक प्रतिशत कर लाग्ने आयको सीमालाई ५ लाखबाट बढाएर १० लाख पुर्‍याइएको छ ।