अब नेपालीले पनि विदेशमा लगानी गर्न पाइने


काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपालीलाई विदेशमा लगानी गर्न खुला गरिने घोषणा गरेका छन् ।

शुक्रबार सङ्घीय संसद्को संयुक्त बैठकमा आर्थिक वर्ष २०८३/८४ को बजेट वक्तव्यमार्फत अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले यस्तो घोषणा गरेका हुन् ।