काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपाल टेलिकमको सेयर बेच्ने घोषणा गरेका छन् ।
शुक्रबार सङ्घीय संसद्को संयुक्त बैठकमा आर्थिक वर्ष २०८३/८४ को बजेट वक्तव्यमार्फत अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले सङ्घीय सरकारको ६६ प्रतिशत सेयर कायम राख्दै टेलिकमको बाँकी सेयर पुस मसान्तभित्र जनस्तरमा बेच्ने बताएका हुन् ।



प्रतिक्रिया