नेपाल टेलिकमको ३४ प्रतिशत सेयर बिक्री गरिने


काठमाडौँ । सरकारले सरकारी स्वामित्वको दूरसञ्चार प्रदायक कम्पनी नेपाल टेलिकमको ३४ प्रतिशत शेयर सर्वसाधारणलाई बिक्री गर्ने घोषणा गरेको छ ।

संघीय संसद्को संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०८३–८४ को वार्षिक बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले टेलिकममा रहेको सरकारी हिस्सेदारी घटाउँदै ६६ प्रतिशत स्वामित्व सरकारसँग राख्ने र बाँकी ३४ प्रतिशत सेयर सर्वसाधारणलाई दिइने घोषणा गरेका हुन् ।

सरकारले आगामी पुस महिनाभित्रै यो सेयर नागरिकलाई वितरण गरिसक्ने कार्ययोजना बनाएको छ ।

अर्थमन्त्री डा. वाग्लेका अनुसार उक्त शेयर बिक्रीबाट प्राप्त हुने रकम सञ्चित कोषमा नराखी नेपाललाई प्रविधि र सूचना केन्द्र (टेक हब) का रूपमा विकास गर्न विशेष पूर्वाधार र प्रविधि क्षेत्रमा परिचालन गरिनेछ ।