सरकारले दलहरूलाई मतका आधारमा राज्यकोषबाट अनुदान दिने


काठमाडौं । सरकारले राजनीतिक दलहरूलाई राज्यकोषबाट अनुदान दिनेबारे बहस गर्ने भएको छ ।

शुक्रबार सङ्घीय संसद्को संयुक्त बैठकमा आर्थिक वर्ष २०८३/८४ को बजेट वक्तव्यमार्फत अर्थमन्त्री डा‍.स्वर्णिम वाग्लेले यस्तो जानकारी दिएको हो ।

‘राजनीतिक दलहरुलाई उनीहरूले पाएको पछिल्लो मतका आधारमा राज्यकोषबाट अनुदान दिनेवारे व्यापक बहस गराइनेछ,’ वाग्लेले भने ।