सरकारले एक वर्षभित्र १ हजार किलोमिटर सडक कालोपत्र गर्ने


काठमाडौं । सरकारले आगामी एक वर्षभित्र १ हजार किलोमिटर सडक कालोपत्र गर्ने घोषणा गरेको छ ।

शुक्रबार सङ्घीय संसद्को संयुक्त बैठकमा आर्थिक वर्ष २०८३/८४ को बजेट वक्तव्यमार्फत अर्थमन्त्री डा‍.स्वर्णिम वाग्लेले यस्तो घोषणा गरेको हो ।

वाग्लेले ५ वर्षभित्र पूर्वपश्चिम राजमार्गलाई ४ लेनमा विस्तार सम्पन्न गर्ने पनि बताए।