काठमाडौँ । सरकारले काठमाडौँ उपत्यकालाई नुवाकोट हुँदै केरुङ नाकासँग जोड्ने छोटो र रणनीतिक मार्गका रूपमा हेरिएको टोखा–छहरे सुरुङमार्गको सम्भाव्यता अध्ययन गर्ने घोषणा गरेको छ ।
संघीय संसद्को संयुक्त बैठकमा शुक्रबार आगामी आर्थिक वर्ष २०८३–८४ को वार्षिक बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले टोखा–छहरे सुरुङमार्ग निर्माणका लागि आगामी वर्ष सम्भाव्यता अध्ययनको कामलाई अगाडि बढाइने बताएका हुन् ।
काठमाडौँबाट नुवाकोटको छहरे जोड्ने यो सुरुङमार्ग निर्माण भएमा चिनियाँ नाका केरुङसम्मको दूरी निकै छोटो हुने र उत्तरी सीमासँगको व्यापारिक सहजता बढ्ने विश्वास गरिएको छ । विगत लामो समयदेखि चर्चा र प्रारम्भिक छलफलमा सीमित रहेको यस आयोजनालाई सरकारले आगामी वर्ष ठोसरूपमा अघि बढाउने नीति लिएको हो ।



प्रतिक्रिया