नर्सिङ कर्मचारीको रात्रिकालीन ड्युटी भत्ता दोब्बर


काठमाडौँ । सरकारले स्वास्थ्य क्षेत्रमा अहोरात्र खटिने नर्सिङ कर्मचारी र महिला स्वास्थ्य स्वयंसेविकाहरूलाई प्रोत्साहन गर्न भत्ता र सुविधा वृद्धि गर्ने घोषणा गरेको छ ।

संघीय संसद्को संयुक्त बैठकमा शुक्रबार आगामी आर्थिक वर्ष २०८३–८४ को वार्षिक बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सरकारी अस्पताल तथा स्वास्थ्य संस्थाहरूमा कार्यरत नर्सिङ कर्मचारीहरूको रात्रिकालीन ड्युटी भत्ता दोब्बर बनाइएको घोषणा गरे ।

विगत लामो समयदेखि नर्सिङ क्षेत्रका पेशाकर्मीहरूले रातको समयमा अति जोखिमपूर्ण र जिम्मेवारीपूर्ण काम गर्दा पनि न्यून भत्ता पाइरहेको भन्दै असन्तुष्टि जनाउँदै आएका थिए । सरकारको यो निर्णयले देशभरका हजारौँ नर्सिङ कर्मचारीहरूको मनोबल उच्च बनाउने विश्वास गरिएको छ ।