हनी ट्र्यापबाट साढे ६ करोड ठगीको आरोप लागेकी टिकटकर तुलसा पक्राउ, थाइल्यान्डबाट नेपाल ल्याइयो


काठमाडौं, जेठ १७ । टिकटकर तुलसा अधिकारी भन्ने तुलसी अधिकारीलाई पक्राउ परेकी छन्। इन्टरपोलमार्फत रेड कर्नर नोटिस जारी भएकी उनलाई थाइल्यान्डमा पक्राउ गरेर नेपाल ल्याइएको हो । थाइल्यान्डमा पक्राउ परेकी उनलाई कानुनी प्रक्रिया पूरा गरी नेपाल ल्याएर अहिले जिल्ला प्रहरी परिसर ललितपुरको हिरासतमा राखिएको छ।

तुलसा पछिल्लो समय चीनमा बस्दै आएकी थिइन्। तर त्यहाँबाट उनी थाइल्यान्ड पुगेपछि इन्टरपोलले पक्राउ गरेको हो। उनलाई सोमबार जिल्ला अदालत ललितपुरमा पेस गर्ने तयारी छ।

उनीविरुद्ध २०८२ चैतमा ६ करोड ५२ लाख २९ हजार बिगो कायम गरेर सरकारी वकिल कार्यालयले मुद्दा दायर भएको थियो । अधिकारीविरुद्ध ललितपुरका एकजना व्यवसायीले जाहेरी दिएका थिए । मुद्दामा अधिकारी सहित १० जना प्रतिवादी छन् ।

तुल्सा कलेक्सन प्रालिकी सञ्चालक अधिकारीले व्यवसायीलाई बलात्कार मुद्दामा फसाउँछु भनेर लगातार ‘ब्ल्याकमेलिङ’ गर्ने गरेको आरोप लगाएका छन् । ब्ल्याकमेलिङ गरेर अधिकारीले आफूसँग ४ करोड ५० लाख बराबरको नगद र जिन्सी लिएको व्यवसायीले दाबी गरेका छन् ।