साउनदेखि कुन कर्मचारीले कति तलब पाउँछन् ?


काठमाडौँ । सरकारले सरकारी कर्मचारी तथा शिक्षकहरूको तलबमा समग्रमा करिब २१ प्रतिशतसम्म वृद्धि गरेको छ । संघीय संसदको संयुक्त बैठकमा आर्थिक वर्ष २०८३–०८४ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले कर्मचारीहरूको तलब वृद्धि गरेका हुन् ।

तलब वृद्धिसँगै सरकारले कर्मचारीहरूले खाइपाइ आएको मासिक ५ हजार रुपैयाँ महँगी भत्तालाई भने निरन्तरता दिएको छ ।

यसरी बढ्यो तलब

अर्थमन्त्री वाग्लेका अनुसार सबै तहका कर्मचारीको सुरु स्केलमा १० प्रतिशत तलब वृद्धि गरिएको छ । यसका साथै कार्यसम्पादनमा आधारित पारिश्रमिक प्रणालीको सुरुवात गर्न नयाँ तलबमानको १० प्रतिशत बराबर मासिक प्रोत्साहन भत्ताको समेत व्यवस्था गरिएको छ । सुरु स्केलको १० प्रतिशत वृद्धि र १० प्रतिशत प्रोत्साहन भत्तासहित कर्मचारीले हाल पाइरहेको पारिश्रमिकमा करिब २१ प्रतिशतसम्म वृद्धि हुने सरकारले जनाएको छ ।

यो नयाँ व्यवस्था (ग्रेडसहित) लागू भएपछि सरकारी कर्मचारीको न्यूनतम मासिक पारिश्रमिक करिब ४० हजार रुपैयाँदेखि सुरु हुने र उच्च तहका कर्मचारीको पारिश्रमिक १ लाख रुपैयाँभन्दा माथि पुग्नेछ ।

कसको तलब कति पुग्यो ?

बजेटमा गरिएको नयाँ व्यवस्थाअनुसार निजामती कर्मचारीहरूको परिमार्जित तलबमान यस प्रकार कायम भएको छ:

पदपुरानो तलब (रु.)नयाँ तलब (रु.)
मुख्य सचिव७७,२११८४,९३२
सचिव७२,०८२७९,२९०
सहसचिव५६,७८७६२,४६६
उपसचिव४८,७३७५३,६११
अधिकृत४३,६८९४८,०५८
नायब सुब्बा३४,७३०३८,२०३
खरिदार३२,९०२३६,१९२