काठमाडौं । प्रतिनिधिसभा बैठकमा सत्ता र प्रतिपक्षी बेञ्चका सांसदहरूबीच विवाद भएको छ ।
संसद्मा प्रधानमन्त्री बालेन शाहले सम्बोधन गरेपछि सांसदहरूबीच चर्काचर्की भएको हो ।
प्रधानमन्त्रीको सम्बोधनबारे विपक्षीहरूले नियमापत्ति गरेका थिए । सो क्रममा सभामुख डोलप्रसाद अर्यालले नियमावलीको गलत व्याख्या गरेको भन्दै विपक्षीहरूले अवरोध गरे।
सोही क्रममा सत्तारुढ रास्वपा सांसद आशिका तामाङ आक्रोशित हुँदै बेञ्चबाट उठेकी थिइन् । उनलाई रास्वपाकै सांसदहरूले सम्झाइबुझाइ गरेका छन् ।



प्रतिक्रिया