रास्वपाकी सांसद आशिका तामाङले झण्डैले कुटे सांसद..


काठमाडौं । जारी प्रतिनिधि सभा बैठकमा रास्वपाकी सांसद आशिका तामाङ आक्रोशित रुपमा प्रस्तुत भएकी छन् ।

प्रधानमन्त्री बालेन शाहले आकस्मिक रुपमा प्रश्नको जवाफ दिएर बाहिरिएपछि विपक्षी दलका सांसदहरुले नियमापत्तीको विषय उठाइरहेका बेला आशिका तामाङ आक्रोशित भएकी हुन् ।

उनी आफ्नो सिटबाट उठेर अघिल्लो लहरतर्फ अघि बढेपछि उनलाई रास्वपाकै सांसदहरुले रोके । रञ्जु दर्शना, ज्वाला संग्रौला, भूमिका श्रेष्ठ लगायतले उनको हात समातेर रोकेका थिए ।