काठमाडौं । नेपालले पनि भारतको जमिन मिचेको प्रधानमन्त्री बालेन शाहको अभिव्यक्तिमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसकी सचेतक बासना थापाले स्पष्टता खोजेको छ ।
आइतबार प्रतिनिधिसभाको बैठकमा बोल्दै प्रधानमन्त्रीले नेपालले पनि भारतको सीमा मिचेको आफूले थाहा पाएको बताएका थिए ।
कांग्रेसकी सचेतक बासना थापाले यो विषय तथ्य सहित आउनुपर्ने बताइन् । ‘सम्माननीय प्रधानमन्त्रीले नेपालको तर्फबाट पनि भारतको भूमि मिचिएको रहेछ भन्नुभयो । कहाँनेर मिचिएको हो यसबारे छिटो भन्दा छिटो अवगत गराइयोस्,’ उनले भनीन् ।



प्रतिक्रिया