अर्थतन्त्र चलायमान हुने गरी बजेट आयाे :अध्यक्ष पाण्डे


काठमाडौँ। नेपाल उद्योग परिसंघका अध्यक्ष वीरेन्द्रराज पाण्डेले नेपालको अर्थतन्त्रलाई नयाँ दिशा दिनेगरी बजेट आएको बताएका छन् ।

काठमाडौँमा आयोजित एक कार्यक्रममा बोल्दै अध्यक्ष पाण्डेले पछिल्ला वर्षमा नेपालको उपभोग्य वस्तुको माग घटेको समयमा अर्थतन्त्र चलायमान हुने गरी बजेट आएको बताए।

पाण्डेले सरकारले २६० वस्तुमा हटाएको अन्तशुल्कले कष्ट अफ बिजनेश घटाउने बताए । उद्योग परिसंघले माग गर्दै आएको आयकर ऐनको दफा ५७ संशोधन स्वागतयोग्य भएको उनको भनाइ छ ।

‘कर विवाद समाधान, लगानी सम्बन्धी दर्जनौं कानुन संशोधनले निजी क्षेत्रलाई प्रोत्साहन गर्ने छ,’ उनी भन्छन्, ‘मोतीपुर र मयुरधाम जस्ता औद्योगिक क्षेत्र निर्माण निजी क्षेत्रलाई दिने विषय आएको छ। हामीले मागेकै विषय हुन्छ।’