काठमाडौँ । आजको प्रतिनिधिसभा बैठक निर्धारित समयमा शुरु हुन सकेको छैन । बजेटमाथिको छलफलका लागि बोलाइएको बैठक दलहरूबीचको आन्तरिक तयारी र संवादका कारण समयमै शुरु हुन नसकेको संसद् सचिवालयले जनाएको छ ।
आजको बैठकमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले वक्तव्यसहित आर्थिक वर्ष २०८३–८४ को राजश्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफल प्रारम्भ गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने मुख्य कार्यसूची रहेको छ ।
अर्थमन्त्री वाग्लेले प्रस्ताव प्रस्तुत गरेलगत्तै आजैदेखि आर्थिक वर्ष २०८३–८४ को बजेटमाथि छलफल प्रारम्भ गर्ने संसद्को तयारी छ ।



प्रतिक्रिया