विराटनगर । सीमा क्षेत्रबाट हुने अवैध चोरी तस्करी नियन्त्रणका लागि सशस्त्र प्रहरी बलले विराटनगरको रानी सीमा नाकामा काँडेतार लगाएको छ ।
सीमावर्ती क्षेत्रहरूबाट पछिल्लो समय गैरकानुनी रूपमा सामान ओसारपसार र तस्करी बढ्न थालेपछि सशस्त्र प्रहरीले नेपालतर्फको भूमिमा सक्रियता बढाउँदै काँडेतार लगाएको हो ।
सशस्त्र प्रहरी बलका अनुसार सीमा क्षेत्रमा पहिलेदेखि नै रहेका तर हाल जीर्ण र भत्किएका पर्खालहरू भएका स्थानलाई लक्षित गरी काँडेतार लगाइएको हो । सीमा सुरक्षालाई थप मजबुत बनाउन र चोरबाटोबाट हुने भन्सार छली तथा अवैध गतिविधि रोक्न यो कदम चालिएको सशस्त्र प्रहरीले जनाएको छ ।
उक्त क्षेत्रमा सुरक्षा गस्तीसमेत बढाइएको र काँडेतार लगाएपछि सीमापार हुने अवैध आवागमनमा कमी आउने विश्वास लिइएको छ ।



प्रतिक्रिया