काठमाडौँ । प्रतिनिधिसभाको बैठक प्रमुख प्रतिपक्षीसहितका विपक्षी दलहरूको अवरोधका कारण मंगलबारसम्मका लागि स्थगित भएको छ ।
सोमबार बैठक सुरु हुनासाथ विपक्षी दलका सांसदहरूले आसनबाट उठेर अवरोध कायमै राखेपछि सभामुख डीपी अर्यालले भोलि (मंगलबार) दिउँसो १ बजे पुनः बस्ने गरी बैठक स्थगित गरेका हुन् ।
प्रधानमन्त्री बालेन्द्र शाहले संसद्मा सीमासम्बन्धी दिएको विवादित अभिव्यक्तिको विरोध र माफीको माग गर्दै प्रतिपक्षी दलहरूले लगातार सदन अवरोध गर्दै आएका छन् ।



प्रतिक्रिया