धनगढी । डडेलधुरामा शुक्रबारदेखि बेपत्ता रहेको सशस्त्र प्रहरी जवानसहितका दुई जना मृत फेला परेका छन् ।
सशस्त्र प्रहरीको बीओपी परिगाउँमा कार्यरत जवान ओमप्रकाश पुन मगर र परशुराम नगरपालिका–५ का स्थानीय तीर्थबहादुर थापा मगर आज बिहान मृत भेटिएको प्रहरीले जनाएको छ ।
डडेलधुराका प्रमुख प्रहरी नायब उपरीक्षक वरुणबहादुर सिंहले दुवै जनाको शव महाकाली नदीमा फेला परेको पुष्टि गरे ।
घटनाबारे थप अनुसन्धान थालिएको प्रहरीले जनाएको छ ।



प्रतिक्रिया