काठमाडौं, जेठ १८ । राष्ट्रिय मानवअधिकार आयोगले जेनजी आन्दोलनसम्बन्धी प्रतिवेदनमा आफ्नो नाममा उल्लेख गरेपछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद दीपक बोहोराले सर्वोच्चमा रिट हालेका छन्। सभापति रवि लामिछानेसँगै भारत जानुअघि उनी रामशाह पथ पुगेर आयोगको प्रतिवेदन खारेजीको माग गर्दै रिट दायर गरेर दिल्ली उडेका हुन् ।
आयोगको प्रतिवेदनमा भदौ २३/२४ गतेको घटनामा विभिन्न ढंगले भिडलाई उक्साउने क्रियाकलाप गरेको भन्दै रास्वपाका दर्जनौँ सांसदहरूको नाम प्रतिवेदनमा उल्लेख गरेको छ। उनीहरूमाथि छानबिन गरेर दोषी देखिएमा कारबाही गर्न भनिएको छ। त्यसभित्र बोहोरा पनि परेका छन्।
प्रतिवेदन पूर्वाग्रही र भ्रमपूर्ण रहेको भन्दै बोहराले खारेजीको माग रिटमा गरेका छन्। उनको रिटमा भोलि पेशी तोकिएको छ।बोहराले जेनजी आन्दोलनका बेला दोस्रो सन्तान जन्मिने क्रममा श्रीमतीसँग अस्पतालमा रहेको दाबी गरेका छन् ।



प्रतिक्रिया