लामिछाने दम्पत्तीले अयोध्या पुगेर राम मन्दिरमा पूजा गर्ने


काठमाडौं, जेठ १९ । पाँच दिने भारत भ्रमणमा गएका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने दम्पत्ती अयोध्या जाने भएका छन् । भारतीय जनता पार्टी (भाजपा) को निमन्त्रणमा आज नयाँदिल्ली पुगेका लमिछानेले नयाँदिल्लीमा उच्चस्तरीय राजनीतिक तथा कूटनीतिक भेटघाट लगत्तै अयोध्या पुगेर राम मन्दिरमा पूजा गर्ने भएका हुन् ।

लामिछाने नेतृत्वको प्रतिनिधिमण्डलमा रास्वापाका सहमहामन्त्री तथा प्रतिनिधिसभा सदस्य विपिनकुमार आचार्य, रास्वाका सचिवालय सदस्य तथा प्रतिनिधिसभा सदस्य दीपक बोहरा, श्रीमती निकिता पौडेल र प्रदीप आचार्य रहेका छन्।