काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय निर्वाचन विभाग प्रमुखमा भुवन केसी मनोनीत भएका छन् । रास्वपा केन्द्रीय सचिवालयको हालै बसेको बैठकले केसीलाई उक्त विभागको जिम्मेवारी सुम्पिने निर्णय गरेको हो ।
रास्वपाका केन्द्रीय प्रवक्ता मनीष झाले सचिवालय बैठकले विधानको व्यवस्थाबमोजिम केसीलाई निर्वाचन विभाग प्रमुखमा मनोनयन गर्ने निर्णय गरेको जानकारी दिए ।
नवनियुक्त प्रमुख केसीले अब पार्टीको निर्वाचनसम्बन्धी समग्र रणनीति, उम्मेदवार चयनको मापदण्ड र निर्वाचन विभागको साङ्गठनिक संरचना निर्माणको नेतृत्व सम्हाल्नेछन् ।




प्रतिक्रिया