दरबार हत्याकाण्डको २५औँ वर्ष: नारायणहिटीमा दीप प्रज्वलन, दिपेन्द्रको फोटो गायव (फोटोफिचर)


काठमाडौं, जेठ १९ । दरबार हत्याकाण्डको २५औँ वर्षको अवसरमा मंगलबार नारायणहिटीस्थित नारायणस्थान चतुर्व्युह नारायण मन्दिरमा दीप प्रज्वलन कार्यक्रम आयोजना गरिएको छ। पूर्व मुमा बडामहारानी रत्न राज्यलक्ष्मी देवी शाह, पूर्व युवराज्ञी हिमानी शाह, पूर्व युवराज हृदयेन्द्र शाहसहित पूर्वराज परिवारका सदस्यहरूको उपस्थितिमा दिवंगत राजा वीरेन्द्र, रानी ऐश्वर्य तथा दरबार हत्याकाण्डमा ज्यान गुमाएकाहरूप्रति श्रद्धाञ्जली अर्पण गरेका छन् ।

सो अवसरमा दीप प्रज्वलन गरी दिवंगत आत्माहरूको स्मरण गरिएको थियो। सहभागीहरूले दरबार हत्याकाण्डमा ज्यान गुमाएकाहरूप्रति श्रद्धा व्यक्त गर्दै मौनधारण समेत गरेका थिए। वि.सं. २०५८ जेठ १९ गते भएको दरबार हत्याकाण्डमा तत्कालीन राजा वीरेन्द्र शाह, रानी ऐश्वर्य शाह लगायत राजपरिवारका अधिकांश सदस्यको निधन भएको थियो। उक्त घटनाको २५औँ वर्ष पुगेको सन्दर्भमा स्मृति तथा श्रद्धाञ्जली कार्यक्रम आयोजना गरिएको हो।