लुम्बिनी सरकार : एमालेका चार मन्त्रीहरूले दिए सामुहिक राजीनामा


रुपन्देही । लुम्बिनी प्रदेश सरकारका एमाले मन्त्रीहरूले सामुहिक राजीनामा दिएका छन् । एमालेका तर्फबाट सरकारमा सहभागी चार मन्त्रीले लिखित राजीनामा दिएका हुन् ।

प्रदेशमा एमालेबाट भूमिश्वर ढकाल, दिनेश पन्थी, खेम सारु मगर र सीता शर्मा चौधरी मन्त्री रहेका छन् । यो प्रदेशमा एमालेकै चेतनारायण आचार्य मुख्यमन्त्री छन् ।

एमालेले पुराना मन्त्री फिर्ता बोलाएर नयाँ नियूक्त गर्न लागेको बुझिएको छ ।