काठमाडौँ । नेकपा (एमाले) का उपाध्यक्ष विष्णु पौडेलले पार्टी पुनर्गठनको प्रक्रिया अघि बढाइने बताएका छन् ।
बुधबार काठमाडौंमा आयोजित कार्यक्रलाई सम्बोधन गर्दै उनले निर्वाचनमा व्यहोरेको पराजयलाई ‘गम्भीर धक्का’ का रूपमा चित्रण गरे । पार्टीको पछिल्लो बैठकका निर्णयहरूबारे जानकारी दिँदै उपाध्यक्ष पौडेलले निर्वाचनमा प्राप्त परिणामका आन्तरिक र बाह्य कारणहरूको गम्भीर समीक्षा भइरहेको पनि बताए ।
‘अहिले हामीले जुन प्रकारको धक्का व्यहोरेका छौँ । असफलता व्यहोरेका छौँ, अघि पनि मैले भनेँ, यो असफलता र धक्कालाई हामी अस्थायी धक्काका रूपमा लिएर स्थायी सफलतामा परिणत गर्न चाहन्छौँ । हो, त्यसै भएर हामीले विगतमा निर्वाचनपछिको परिस्थिति जस्तो परिस्थिति हामीसँग उपलब्ध थियो, त्यो परिस्थितिलाई सदुपयोग गर्दै वास्तवमा पार्टीका केही गम्भीर बैठकहरू बसेका छौँ,’ उनले भने ।



प्रतिक्रिया