सेनाको भूमिकामाथि ओलीले उठाए प्रश्न, भने – ‘मर्यादित ठाउँमा राख्नुपर्छ भन्ने हाे’


काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी ओलीले नेपाली सेनाको भूमिकामाथि प्रश्न उठाएका छन् ।

बुधबार पार्टीको सदस्यता नवीकरण कार्यशालालाई सम्बोधन गर्दै उनले सुकुमबासी बस्तीमा डोजर चलाउने क्रममा सेना देखिएकोमा उनले असन्तुष्टि जनाएका हुन् ।

‘बालेनको पक्ष र सुकुमवासीको विपक्षमा सेना हुनुहुँदैन । उहाँहरूले आफूलाई मर्यादित ठाउँमा राख्नुपर्छ भन्ने मेरो सुझाव हो,’ ओलीले भने ।