काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का का सभापति रवि लामिछाने र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीबिच भेटवार्ता भएको छ ।
प्रधानमन्त्री मोदीले सामाजिक सञ्जालमा सभापति लामिछानेसँगको फोटो सार्वजनिक गर्दै उक्त जानकारी दिएका छन् ।
उनले लेखेका छन्, ‘राष्ट्रिय स्वतन्त्र पार्टी नेपालका अध्यक्ष रवि लामिछानेलाई भेट्न पाउँदा खुसी लाग्यो। साझा र समृद्ध भविष्यको लागि मिलेर काम गर्ने उहाँको इच्छालाई म स्वागत गर्दछु र पूर्ण रूपमा साझा गर्दछु। हाम्रो छिमेकी पहिलो नीति अन्तर्गत नेपाल एक प्राथमिकता साझेदार हो र हामी हाम्रा दुई देशहरू बीचको विशेष र बहुआयामिक सम्बन्धलाई अझ उचाइमा पुर्याउन नयाँ सरकारसँग सहकार्य गर्न तत्पर छौँ।’
सभापति रविलाई हिजो भाजपा कार्यालयमा भव्य स्वागत गरिएको थियो । सरकारको नेतृत्व गरेको भाजपाका अध्यक्ष नितिन नवीनले रास्वपा सभापति रविलाई स्वागत गरेका थिए ।



प्रतिक्रिया