कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक बस्दै


काठमाडौं, जेठ २१ । नेपाली कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक आज बस्ने भएको छ। पार्टीको केन्द्रीय अनुशासन समितिले बैठक आह्वान गरेको हो ।

बैठक दिउँसो १ः०० बजे ललितपुरको बीपी नगरस्थित पार्टीको केन्द्रीय कार्यालयमा बस्ने तय भएको छ। सो बैठकमा समितिका संयोजक एवं सदस्यहरूलाई उपस्थित हुनका लागि अनुरोध गरिएको छ।