काठमाडौं, जेठ २४ । ओमानले नेपाललाई ९५ रनको लक्ष्य दिएको छ । जारी एसियन गेम्सको क्रिकेटतर्फको छनोट खेलको सेमिफाइनलमा ओमानले नेपाललाई ९५ रनको लक्ष्य दिएको हो ।
सिंगापुरमा जारी खेलमा टस जितेर पहिला ब्याटिङ गरेको ओमानले १९.४ ओभरमा अल आउट हुँदै ९४ रन बनाएको हो ।ओमानका लागि कप्तान सुफयान महमूदले सर्वाधिक ३८ रन बनाएका थिए भने जुबैर अली अकबरले २२ रन तथा अब्दुलजलिल खानले १६ रन बनाएका थिए ।
त्यसैगरी नेपाली बलर करण केसीले ३ विकेट लिए भने सोमपाल कामी र सन्दीप लामिछानेले २/२ विकेट तथा शहाब आलम, कुशल मल्ल र दिपेन्द्र सिंह ऐरीले एक एक विकेट लिएका थिए ।



प्रतिक्रिया