तेहरान । अमेरिकी सेनाले अन्तर्राष्ट्रिय समुद्री यातायातका लागि संवेदनशील मानिने स्ट्रेट अफ होर्मुज क्षेत्रमा खतरा उत्पन्न गरेको भन्दै दुईवटा इरानी आक्रमणकारी ड्रोन खसालेको जनाएको छ ।
अमेरिकी फौजले पश्चिम एशिया क्षेत्रमा उडिरहेका दुई इरानी एकतर्फी आक्रमण ड्रोनलाई निशाना बनाएर नष्ट गरेको अमेरिकी सेनाको मध्य कमान्ड (सेन्टकम)ले शनिबार सामाजिक सञ्जाल एक्समा भनेको छ ।
सेन्टकमका अनुसार ती ड्रोनहरू स्ट्रेट अफ होर्मुज हुँदै सञ्चालन हुने अन्तर्राष्ट्रिय समुद्री यातायातलाई जोखिममा पार्न सक्ने अवस्था सिर्जना गरेका थिए । अमेरिकी सेनाले आफ्नो वक्तव्यमा पश्चिम एशिया क्षेत्रमा कुनै पनि प्रकारको इरानी आक्रामक गतिविधिको प्रतिरोध गर्न र समुद्री सुरक्षाको रक्षा गर्न आफूहरू पूर्ण रूपमा तयार रहेको पनि उल्लेख गरेको छ ।
यस घटनाभन्दा एक दिनअघि शुक्रबार पनि अमेरिकी सेनाले चारवटा इरानी आक्रमणकारी ड्रोन खसालेको जनाएको थियो । पछिल्ला दिनहरूमा स्टे«ट अफ होर्मुज वरपर सुरक्षा तनाव बढ्दै गएको सन्दर्भमा अमेरिकी सेनाले लगातार ड्रोनहरूलाई निशाना बनाएको हो । एजेन्सी



प्रतिक्रिया