सम्झौताअघि इरानको रोक्का सम्पत्ति फुक्का नगर्ने ट्रम्पको दाबी


काठमाडौं, जेठ २४ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आइतबार एक अन्तर्वार्तामा इरानसँग सम्झौता गर्नुअघि इरानको रोक्का सम्पत्ति रिहा (फुक्का) नगर्ने बताएका छन् ।

सम्भावित सम्झौताको एक हिस्साको रूपमा इरानको सम्पत्ति रोक्का हटाउन वा इरानमाथि लगाइएको प्रतिबन्ध फुकुवा गर्न तपाईँ इच्छुक हुनुहुन्छ कि छैन भन्ने प्रश्नमा ट्रम्पले जवाफ दिए, “होइन, त्यो पछि आउँछ। यदि उनीहरूले सही व्यवहार गरे र राम्रो काम गरे भने हामी यसबारे छलफल गर्नेछौँं,” उनले एक अन्तर्वार्तामा भने।

इरानले रोक्का गरिएका अर्बौकों सम्पत्तिमाथि रोक हटाउन माग गर्दै आएको छ । यस मामिलासँग नजिक रहेको एक स्रोतका अनुसार अमेरिकी अर्थमन्त्रालयले इरानको सम्पत्ति खाडी राष्ट्रहरूलाई इरानी आक्रमणबाट भएको क्षतिको क्षतिपूर्ति दिन प्रयोग गर्न सकिने सम्भावनालाई विचार गरिरहेको छ ।

राष्ट्रपति ट्रम्पले इरानमा संवर्धित युरेनियम कहाँ छ भन्ने आफूलाई ठ्याक्कै थाहा भएको र यसलाई कुनै न कुनै तरिकाले पुनः प्राप्त गर्न चाहेको दोहो¥याए । “यदि हामीले सम्झौता गर्यौं भने, यो युरेनियम पुनः प्राप्त गर्ने वा कसरी व्यवस्थापन गर्ने बिषयमा पनि सहमति गरिनेछ”, उनले भने, “हामी यसलाई बाहिर निकाल्नेछौं र नष्ट गर्नेछौँ ।”

संवर्धित युरेनियमको भविष्यबारे हुने निर्णय इरान विरुद्ध संयुक्त राज्य अमेरिका र इजरायलले लडेको युद्ध अन्त्य गर्न सम्झौतामा पुग्न सबैभन्दा कठिन बिन्दुहरू मध्ये एक हो।

Skip This

Omoda E5 Pro