रवि लामिछानेले सर्वदलीय बैठक गर्नु सकारात्मक :: वर्षमान पुन


काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टीका सांसद वर्षमान पुनले प्रधानमन्त्री बालेन्द्र शाहले प्रतिनिधिसभामा नेपालले भारतको सीमा नेपालले मिचेको छ भन्ने अभिव्यक्ति संसद्को रेकर्डबाट हटाउनुर्ने विपक्षी दलको अडान कायमै रहेको बताएका छन् ।

आज बसेको प्रतिनिधिसभाको बैठकमा पुनले प्रधानमन्त्री शाहले प्रतिनिधिसभामा आएर भन्न खोजेको आशयको बारेमा रोष्टममा उभिएर बताउनुपर्ने बताए ।

उनले सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले समसामयिक राजनीतिक अवस्थाबारे सर्वदलीय बैठक गर्नु सकारात्मक रहेको बताए ।

उनले सदन नियमित चलोस् भन्नेमा आफूहरू रहेको बताउँदै सदनमा आएका विषयमा स्पष्ट पारिनुपर्ने धारणा राखे ।

Skip This

Omoda E5 Pro