रास्वपा अन्तर्राष्ट्रिय सम्बन्ध विभाग सदस्यमा कार्की मनोनीत


काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले केन्द्रीय अन्तर्राष्ट्रिय सम्बन्ध विभागको सदस्यमा हिक्मतजंग कार्कीलाई मनोनीत गरेको छ ।

परराष्ट्रमन्त्री शिशिर खनालको नेतृत्वमा रहेको उक्त विभागमा महामन्त्री कविन्द्र बुर्लाकोटीले विभाग सदस्यमा कार्कीलाई नियुक्त गरेका हुन् ।

अन्तर्राष्ट्रिय सम्बन्ध र कूटनीतिक क्षेत्रमा अनुभव संगालेका कार्की विश्वभरका युवा लोकतन्त्रवादीहरू आवद्ध संगठनको सहअध्यक्षको भूमिका निर्वाह गरेका थिए । उनले युनिभर्सिटी अफ इस्ट लन्डनबाट अन्तर्राष्ट्रिय सम्बन्धमा स्नातकोत्तर र त्रिभुवन विश्वविद्यालयबाट मानविकी तथा सामाजिक शास्त्रमा स्नातक तहको अध्ययन पूरा गरेका छन् ।

Skip This

Omoda E5 Pro