अत्यधिक गर्मी बढेपछि विद्यालयहरूमा दिइयो बिदा


बुटवल । नेपालगञ्ज उपमहानगरपालिकाले नगरभित्रका सम्पूर्ण (सामुदायिक, धार्मिक र संस्थागत) विद्यालयहरूमा गर्मी बिदा दिएको छ।

उपमहानगरपालिकाले जेठ २६ गतेदेखि २९ गते सम्म विद्यालयहरूमा बिदा दिएको हो।

उपमहानगरपालिकाको नगर कार्यपालिकाको कार्यालयले सोमबार जारी गरेको सूचनाअनुसार अत्यधिक गर्मीका कारण विद्यार्थीहरूको स्वास्थ्यमा प्रतिकूल असर पर्न सक्ने जोखिमलाई ध्यानमा राख्दै विद्यालयहरूमा बिदा दिइएको जनाइएको छ ।

Skip This

Omoda E5 Pro