काठमाडौँ । फिफा विश्वकप फुटबल हेर्न अमेरिका जाँदै गरेका एन्फा अध्यक्ष पंकजविक्रम नेम्वाङ र महासचिव किरण राईलाई अध्यागमन अधिकृतले फिर्ता पठाएका छन् । मंगलबार बिहान उनीहरुलाई त्रिभुवन विमानस्थल अध्यागमन कार्यालयका अधिकारीहरूले विमानस्थलबाट विमानस्थलबाट फर्काइदिएका हुन् ।
उनीहरु कालोसूचीमा रहेकाले विमानस्थलबाट फर्काइएको अध्यागमन स्रोतले बतायो ।
राष्ट्रिय खेलकुद परिषद्को सिफारिसमा अध्यागमन विभागले उनीहरूको राहदानी ‘वाच लिस्ट’मा राखेको थियो ।



प्रतिक्रिया