प्रतिनिधिसभा बैठकमा विपक्षीकाे आज पनि विरोध


काठमाडौं । विपक्षी दलहरुले प्रतिनिधिसभा बैठकमा आज पनि विरोध गरेको छ । बैठक सुरु भएलगत्तै विपक्षी दलहरुले उठेर विरोध जनाएका हुन् ।

सभामुख डीपी अर्यालले बैठक सुरु गरेपछि विपक्षी सांसदहरु उठे । त्यसपछि सभामुख अर्यालले एमाले सांसद क्षितिज थेबेलाई बोल्न दिए । थेबेले भने, प्रधानमन्त्रीज्यूले दिनुभएको यो अभिव्यक्तिलाई तुरुन्त निरूपण गर्नुपर्नेछ। उहाँले सदनमार्फत मुलुक र जनताप्रति भुलचुक माफी मागेर आफ्नो अभिव्यक्ति सच्याएर अगाडि बढ्नुपर्छ।’

Skip This

Omoda E5 Pro