एमालेले सदनमा गरायो बजेटमाथि भएको चलखेलमा अर्थमन्त्रीको ध्यानाकर्षण


काठमाडौं । नेकपा एमालेको सांसद क्षितिज थेबेले प्रधानमन्त्री बालेन शाहले नेपालले भारतको सीमा मिचेको छ भन्ने विषयमा माफी नमागेसम्म सदनको कार्यसूची अघि बढ्न नदिने बताएका छन् । जारी सभाको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन् ।

उनले भने, ‘प्रधानमन्त्रीज्यूले दिनुभएको यो अभिव्यक्तिलाई तुरुन्त निरूपण गर्नुपर्नेछ। उहाँले सदनमार्फत मुलुक र जनताप्रति भुलचुक माफी मागेर आफ्नो अभिव्यक्ति सच्याएर अगाडि बढ्नुपर्छ।’

तयस्तै उनले आर्थिक विधेयक भएको चलखेलप्रति पनि प्रश्न उठाएका छन् । ‘यति धेरै ठुलो चलखेल भएछ, यसलाई क्यासमा बदल्ने हो भने त एउटा भरियाले बोक्न नसक्ने रहेछ, यो त ठुलो ट्रक चाहिन्छ रहेछ,’ उनले भने ।

उनले संसदमा दर्ता भएको आर्थिक विधेयक र मन्त्रालयको वेबसाइटमा अपलोड भएको आर्थिक विधेयक फरक रहेको बताउँदै यसलाई संसदले गम्भीर रूपमा लिनको निम्ति र अर्थमन्त्रीले नैतिक रूपमा यसको जिम्मेवारी लिनुपर्नेमा ध्यानाकर्षण समेत गराए ।

Skip This

Omoda E5 Pro