काठमाडौँ । नेकपा एमाले संसदीय दलका नेता रामबहादुर थापाले प्रतिनिधिसभामा जारी गतिरोध अन्त्यका लागि तीन विकल्प अघि सारेका छन् । प्रधानमन्त्री बालेन्द्र शाहले सदनमा दिएको अभिव्यक्तिलाई लिएर संसद् अवरुद्ध भइरहेका बेला नेता थापाले यस्तो प्रस्ताव गरेका हुन् ।
बुधबार प्रतिनिधिसभा बैठकमा बोल्दै नेता थापाले प्रधानमन्त्रीले माफी माग्नुपर्ने, रास्वपा सभापतिले प्रधानमन्त्रीलाई अभिव्यक्ति फिर्ता लिन निर्देशन दिनुपर्ने वा सभामुखले उक्त विवादित अभिव्यक्ति संसद्को रेकर्डबाट हटाउन रुलिङ गर्नुपर्ने विकल्प सुझाए ।
संसद्को गतिरोध खुलाउन दलहरूबीच सहमति जुट्न नसकिरहेका बेला एमाले नेता थापाको यो भनाइ बाहिर आएको हो ।



प्रतिक्रिया