रास्वपा मकवानपुरको सभापतिमा पाठक निर्विरोध


मकवानपुर, २७ जेठ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मकवानपुरको प्रथम जिल्ला अधिवेशनबाट सभापति पदमा सञ्जिव पाठक निर्विरोध निर्वाचित भएको छ ।

पार्टीको उपसभापति, सचिव र सहसचिव पदमा क्रमशः टाकाराज थापा, विशम अधिकारी र सुश्री शान्ति थापा निर्विरोध निर्वाचित भएको छ । यस्तै पार्टीको जिल्ला सदस्यहरुमा क्रमशः सम्झना पुडासैनी, पदम थिङ, सफल दुतराज, सदिक्षा रेग्मी र हलिया शेख निर्वाचित भएको छ ।

यसैगरी मकवानपुर निर्वाचन क्षेत्र नं १ को पार्टीको क्षेत्रीय सभापतिमा हरिहर खतिवडा र क्षेत्र नं २ को क्षेत्रीय सभापतिमा देवकुमार अर्याल निर्विरोध निर्वाचित भएको छ ।

Skip This

Omoda E5 Pro