काठमाडौं । नेपाली कांग्रेसका नेता डा. प्रकाशशरण महतले अहिले कांग्रेस चुनौतीपूर्ण घडीमा रहेको बताएका छन् ।
बिहीबार बिहान बाँसबारीस्थित महत निवासमा आयोजित पत्रकार सम्मेलनमा नेता महतले निर्वाचनपछि पार्टी संसद्मा सीमित सङ्ख्यामा खुम्चिएको र पार्टीको परम्परागत जनाधार समेत खस्किएकाले अहिले कांग्रेस चुनौतीपूर्ण घडीमा रहेको बताएका हुन् ।
उनले पार्टीभित्र बृहत्तर एकता हुन नसके नेपाली जनताको सबैभन्दा भरपर्दो र लोकप्रिय शक्तिका रूपमा कांग्रेसको पुनःउत्थान कठिन हुने समेत बताए ।
‘‘अहिलेको सबैभन्दा ठूलो आवश्यकता भनेको पार्टीको बृहत्तर एकता हो। यो बृहत्तर एकता भएन भने कांग्रेसलाई पुनःस्थापित गर्ने हाम्रो अभियान कमजोर हुन्छ,’ डा. महतले भने, ‘यसका लागि विशेष महाधिवेशनबाट प्राविधिक रूपमा आधिकारिकता प्राप्त गर्नुभएका गगनजीहरूबाट गम्भीर पहल हुन जरुरी छ।’
फाट्टफुट्ट र अनौपचारिक भेटघाटबाट मात्र सबैलाई समेटेर लैजान नसकिने उनको भनाइ छ ।



प्रतिक्रिया