वर्ल्डकप: अनधिकृत प्रसारण तयारीमा रहेका ३५ वेबसाइट ब्लक गर्न निर्देशन


काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले फिफा विश्वकप २०२६ का खेलहरू अनधिकृतरूपमा प्रसारण गर्ने तयारी गरिरहेका ३५ वटा वेबसाइट र एपहरूलाई तत्काल बन्द (ब्लक) गर्न निर्देशन दिएको छ ।

प्राधिकरणले बिहीबार मोबाइल तथा इन्टरनेट सेवा प्रदायकहरूलाई पत्राचार गर्दै यस्तो निर्देशन दिएको हो ।

विभिन्न पाइरेटेड र अनधिकृत वेबसाइट तथा एपहरूले विश्वकपका खेलहरू नेपालभित्र निःशुल्क स्ट्रिमिङ गर्ने तयारी गरिरहेको जानकारी प्राप्त भएको भन्दै प्राधिकरणले अनधिकृत प्रसारणमा रोक लगाउन भनेको छ ।

प्राधिकरणकी सहायक निर्देशक सुनिता पाण्डेले सेवा प्रदायक कम्पनीहरूलाई पत्राचार गरेकी हुन् ।

प्राधिकरणले रोक लगाउन निर्देशन दिएका प्लेटफर्मको सूचीमा kick.com, freeplyrr, sportzfy, sportzfyapp.cc, cricfytv, cricty.net, smartric.com, webcric.eu, yasin-tv.net, streameast.to, र ronaldo7.net लगायत रहेका छन् ।

Skip This

Omoda E5 Pro