संसदीय खेलका खेलाडी सांसदहरु हुन् सभामुख होइन : शंकर पोखरेल


काठमाडौं, जेठ २९ । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले सरकार माथी उठेका प्रश्नको प्रतिरक्षामा सभामुख उत्रनु उचित नभएको बताएका छन् ।

सामाजिक सञ्जाल फेसबुकमा आफ्नो धारणा राख्दै महासचिव पोखरेलले संसदीय खेलका खेलाडी सांसदहरु नै हुन् भन्ने स्मरण पनि गराएका छन् । पोखरेलले सरकारको प्रतिरक्षामा मात्र नभइ सभामुख विपक्षी सांसदहरुसँग बहसमा पनि उत्रिने गरेकोका आपती प्रकट गरेका छन् ।

पोखरेलले सामाजिक सञ्जालमा लेखेका छन् ‘सरकारमाथी उठेका प्रश्नहरुको प्रतिरक्षा र विपक्षीसँगको बहसमा सभामुख स्वयं उत्रिनु उचित होइन । संसदीय खेलका खेलाडी सांसदहरु नै हुन् ।’

Skip This

Omoda E5 Pro