काठमाडौँ । नेपाली काँग्रेसकी प्रमुख सचेतक वासना थापाले सरकारले शिक्षा र स्वास्थ्य क्षेत्रमा न्यून पुँजीगत बजेट विनियोजन गरेको भन्दै असन्तुष्टि व्यक्त गरेकी छन् ।
शुक्रवार प्रतिनिधि सभामा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेद्वारा प्रस्तुत विनियोजन विधेयक २०८३ माथिको छलफलमा भाग लिँदै थापाले बजेटको ठुलो हिस्सा प्रशासनिक खर्चमा मात्र केन्द्रित भएको बताइन् ।
धनी र गरिबबीचको खाडल पुर्ने र सामाजिक न्याय स्थापित गर्ने भन्दै सरकारले समता कर लागू गरे पनि त्यसको प्रतिफल लक्षित क्षेत्रमा नदेखिएको उनको भना्रइ छ ।
यस्तै, विधेयकको दफा ५ ले अर्थ मन्त्रालयलाई कुल विनियोजनको १० प्रतिशत (करिब १७ अर्ब रुपैयाँभन्दा बढी) सम्म रकमान्तर गर्ने अधिकार दिएकोमा उनले आपत्ति जनाए ।



प्रतिक्रिया