अमेरिका र इरानलाई दिगो शान्ति सम्झौताका लागि उच्च प्रयास गर्न राष्ट्रसङ्घको आह्वान


न्युयोर्क, २९जेठ  । संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले अमेरिका र इरानलाई दिगो शान्ति सम्झौताका लागि आफ्ना प्रयासहरूलाई उच्च र दोब्बर बनाउन आह्वान गर्दै द्वन्द्वको पूर्ण पुनरुत्थान गर्ने कुनै पनि क्रियाकलापबाट बच्नु पर्ने कुरामा जोड दिएका छन् ।

इरानमाथि अमेरिकाले गरेको आक्रमण र खाडी लगायतकाका छिमेकी देशहरूमा इरानले गरेको प्रतिआक्रमण र शत्रुतापूर्ण क्रियाकलापबाट उल्लेखनीय वृद्धि सहित मध्यपूर्वमा जारी तनावबाट महासचिव गुटेरेस चिन्तित भएको संयुक्त राष्ट्रका प्रवक्ता स्टेफन डुजारिकले बताएका छन् ।

अन्तर्राष्ट्रिय कानुन अनुसार समुद्री अधिकार र स्वतन्त्रताको अभ्यासलाई सम्मान गर्नुपर्ने कुरामा जोड दिँदै उनले सबै पक्षलाई अन्तर्राष्ट्रिय कानुन अन्तर्गत आफ्नो दायित्व कायम राखी नागरिकहरूको सुरक्षाका लागि आवाश्यक सावधानी अपनाउन आह्वान गरेका छन् ।

शान्ति प्रक्रियामा अगाडि बढ्ने एक मात्र प्रक्रिया वास्तविक संवाद र वार्ताको माध्यमबाट भएको बताउदै डुजारिकले वाशिङ्गटन र तेहरानलाई क्षेत्रीय र अन्तर्राष्ट्रिय शान्ति सुरक्षालाई अगाडि बढाउन स्थायी शान्ति सम्झौतामा पुग्न दुवै पक्षले आफ्ना प्रयासलाई दोब्बर बनाउन आग्रह गरेका हुन् । रासस

Skip This

Omoda E5 Pro