प्यूठान । वरिष्ठ पत्रकार तथा स्वतन्त्र नागरिक अभियान नेपालका संयोजक ऋषि धमलाले प्यूठानस्थित ऐतिहासिक एवं प्रसिद्ध धार्मिक स्थल स्वर्गद्वारी मन्दिरको दर्शन गरेका छन्। अभियानको सिलसिलामा देश दौडाहामा रहेका धमलाले आज बिहान स्वर्गद्वारी पुगेर विशेष पूजाअर्चना र दर्शन गरेका हुन्।

दर्शनका क्रममा उनले स्वर्गद्वारी आश्रमका पुजारी, बटुक तथा स्थानीय नागरिकहरूसँग भेटघाट गरी त्यहाँको वस्तुस्थिति र धार्मिक पर्यटनका विषयमा कुराकानी समेत गरे।

पछिल्लो समय स्वतन्त्र नागरिक अभियानलाई लिएर देश दौडाहामा निस्किएका धमलाले विभिन्न जिल्लामा पुगेर त्यँहा स्थानिय र जनप्रतिनिधिहरु सँग अन्तरक्रिया गर्दै आइरहेका छन् ।

धमलाले आगामी २०८४ मा हुने स्थानीय तहको निर्वाचन `निर्दलिय´ हुनुपर्नेमा विशेष जोड दिइरहेका छन् ।



प्रतिक्रिया